


१. आफ्नो दुई पाङ्ग्र सवारीसाधनलाई एउटै गतीमा चलाउने कोसिस गर्नुहोस् । स्पिडलाई मेन्टेनमा राखे बाइकको माइलेज बढ्ने गर्दछ ।
२. बाइकलाई चलाउने बेला क्लचलाई नथिचिरहनुहोस् । यस्तो गर्दा माइलेजमा कमी आउँछ । क्लचलाई आवश्यक पर्दा मात्र दबाउनु भए यसले बाइकको माइलेजमा फरक पार्नेछ ।
३. ४ स्ट्रोक इन्जिनका लागि, बाइकको चो र सेल्फ स्टार्टको स्विच अन गर्नुहोस् । त्यसपछि एक्सलेरेसन बिना नै बाइकलाई १० देखि १५ सेकेन्डका लागि छोडिदिनुहोस्, यसले फ्युललाई इन्जिनसम्म पुग्नका लागि समय मिल्छ ।
४. बाइक चलाउने बेला बाइकलाई टप गियरबाट अचानक लोअर गियरमा नझार्नुहोस् । यसले फ्युल इफिसियन्सी कम हुन्छ । शहरमा बाइक चलाउँदा बिना कारण ब्रेक र क्लचको प्रयोग नगर्नुहोस् ।
५. बाइक चलाउने बेला ब्रेक पेडललाई दबाएर नराख्नुहोस् ।
६. यदि तपाईं ट्राफिक सिग्नलमा रोकिनुभएको छ र रेडलाइट ३० सेकेन्ड भन्दा बढि लाग्यो भने गाडीको इन्जिन अफ गर्नुहोस् । धेरैजसो हामी सोच्छौं कि यसले धेरै फरक पार्दैन तर यसले माइलेजमा ठूलै असर पार्दछ
। ७. आफ्नो दुई पाङ्ग्रेको क्षमता बढाउनका लागि लगातार इन्जिन ओयल परिवर्तन गरिरहनुहोस् । साथै, सर्भिसिङ पनि समयमा नै गराउनुहोस् ।



Post a Comment