Latest Movie :
Home » » टर्कीकालागि रुसी राजदूतको गोली हानी हत्या (भिडियोसहित)

टर्कीकालागि रुसी राजदूतको गोली हानी हत्या (भिडियोसहित)

Rate it :
Advertisement
अंकारा–टर्कीको राजधानी अंकारामा प्रहरीले टर्कीकालागि रुसका राजदूत आन्द्रेई कालरेवको गोली हानी हत्या गरेका छन्। प्रहरीको कला प्रदर्शनका क्रममा एक प्रहरीले आवेशमा आएर राजदूत आन्द्रेई कालरेवमाथि गोली प्रहार गरे र भने ‘एल्पेपो र बदला’ भन्दै नाराबाजीसमेत गरेका थिए। 

आफ्ना राजदूतको हत्या भएपछि रुसले हत्याको बदला लिने चेतावनी दिएको छ। उसले हत्यारालाई नछोड्ने चेतावनीसमेत दिएको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमले जनाएका छन्। राजदूतलाई गोली हानी हत्या गरेको भिडियो अहिले भाइरल भएको छ। भिडियोमा आक्रमणकारी प्रहरी मानिसहरुले खचाखच भरिएको कार्यक्रममा राजदूतलाई सबैको सामुन्ने गोली प्रहार गर्दै गरेको अवस्थामा देखिएका छन्। रुसी विदेश मन्त्रालयले राजदूतको हत्यालाई आतंकावादी आक्रमण भएको जनाएको छ। 

‘यो आतंकवादी आक्रमण हो र यो मुद्दा संयुक्ता राष्ट्रसंघमा उठाइने छ,’ विदेश मन्त्रालयले जारी गरेको विज्ञप्तिमा भनिएको छ। उता अमेरिकाले राजदूत आन्द्रेई कालरेवको हत्याको कडा रुपमा निन्दा गरेको छ। अमेरिकाको विदेश मन्त्रालयले राजदूतको हत्या प्रकरणमा रुस र टर्कीले छानविन गर्नुपर्ने उल्लेख गरेको छ। ह्वाइट हाउसका राष्ट्रिय सुरक्षा परिषदका प्रवक्ता नेड प्राइसले भने, ‘राजदूत कालरेवलाई हाम्रो समवेदना छ। हामी रुसी जनता र सरकारप्रति समवेदना प्रकट गर्दै हत्याको कडा निन्दा गछौं।’

 राजदूतको हत्या भएपछि टर्की सरकारले मस्को र टर्कीबीचको सम्बन्ध प्रभावित हुन नदिने जनाएको छ। टर्कीको विदेश मन्त्रालयले आन्द्रेईको हत्याको निन्दा गरेको छ।

https://www.youtube.com/watch?v=TXCdhOE-V6U




Advertisement
Share this article :

Post a Comment

 
<script type='text/javascript' src='//clksite.com/adServe/banners?tid=148817_260207_4&tagid=9'></script>
TOP
Copyright © 2014. Nepali online - All Rights Reserved
Template Created by ThemeXpose