Latest Movie :
Home » » संसारका झण्डाको इतिहास, सबैभन्दा राम्रो नेपालकै, बलिदान, शान्ति र समृद्धि

संसारका झण्डाको इतिहास, सबैभन्दा राम्रो नेपालकै, बलिदान, शान्ति र समृद्धि

Rate it :
Advertisement
काठमाडौं, २७ मंसिर, प्रत्येक देशको आ–आफनो राष्ट्रिय झण्डा हुन्छ । हरेक देशको झण्डा फरक फरक हुन्छन् र तिनको आफ्नै विशेषता छन् ।
त्यसमा नेपालको झण्डाको रौनक नै बेग्लै छ । बलिदान, शान्ति र समृद्धिको अर्थ राख्ने दुईवटा त्रिभुजाकारबाट बनेको नेपालको झण्डा संसारमा बिशेष आकर्षक मानिन्छ । यसमा आठ कुने चन्द्रमा र १२ कुने सूर्य राखिएको हुन्छ ।

 यस प्रकार प्रत्येक देशका झण्डामा अंकित रंग र संकेतले केही न केही अर्थ राख्ने गरेको छ । झण्डाको शुरुवात सेनाले गरेको जनविश्वास रही आएको छ । यद्यपी त्यसबारे कुनै ठोस प्रमाण भेटिएको छैन । लडाइँको रणभूमिमा आफ्ना सैनिकलाई एकत्रित गर्न निश्चित ठाउँमा रंगीन कपडा फहराइन्थ्यो । यस्तो कपडा देखेपछि टाढा–टाढा रहेका सैनिकहरु पनि एकै ठाउँमा भेला हुन पुग्दथे । 

 शुरुमा लौरामा बाँधेर टांगिने ती रंगीन कपडाहरुलाई विशेष आकार, प्रकार र रुपरङमा बनाउन थालिएको इतिहास छ । सबैभन्दा पहिले चीन, भारत वा रोमबासीहरुले कपडाको झण्डा प्रयोग गरेको भनिन्छ तर यो पनि पुष्टि भएको छैन । इसापूर्व ११२६ मा चीनमा रहेको झाओ राजबंशका बेला सेतो रङको झण्डा प्रयोग भएका प्रमाण फेला परेका छन् । 

 संसारको सबैभन्दा पुरानो राष्ट्रिय झण्डा डेनमार्कको झण्डालाई मानिन्छ, जुन सन् १२१९ मा प्रयोग शुरु गरिएको हो । त्यसपछि सन् १३३९ मा स्वीट्जरल्याण्डले पनि आफ्नो राष्ट्रिय झण्डा प्रयोगमा ल्याएको हो ।
Advertisement
Share this article :

Post a Comment

 
<script type='text/javascript' src='//clksite.com/adServe/banners?tid=148817_260207_4&tagid=9'></script>
TOP
Copyright © 2014. Nepali online - All Rights Reserved
Template Created by ThemeXpose