Latest Movie :
Home » » कपाललाई फुल्न र झर्नबाट यसरी बचाउनुस्

कपाललाई फुल्न र झर्नबाट यसरी बचाउनुस्

Rate it :
Advertisement
कपाल फुल्ने समस्याले धेरैलाई चिन्तित बनाएको हुन्छ । त्यसमा पनि कम उमेरमै कपाल फुल्नु झनै चिन्ताको विषय हो । किन फुल्छ कपाल ? कसरी यसबाट मुक्ति पाउने ? यसबारे केही जानकारी लिनिुहोस् ः





 यस कारण फुल्छ कपाल :

 उमेर ढल्किँदा : 
उमेर वृद्धि भएसँगै कपाल कालो बनाउने मेलानिन पिगमेन्ट तत्वमा ह्रास आउँछ । यही कारण कपालमा सेतोपना देखापर्छ ।
 पोषण तत्वको कमी :
 प्रोटिन, आइरन, भिटामिन बी १२, जिङ्कजस्ता पोषक तत्वको कमीले कपाल सेतो हुन्छ । वंशाणुगत गुण : आमा, बाबा वा हजुरबा आमाको कपाल सानैदेखि फुलेको छ भने त्यसको असर पनि सन्तानमा देखापर्छ । आधुनिकताका नाममा बढी रसायनको प्रयोग : कपालमा लगाउने विभिन्न मेहन्दी, कलर, सेम्पो, कन्डिसनर आदिको बढी प्रयोग गर्दा कपाल फुल्छ ।
 विभिन्न रोग : 
कम उमेरमा नै थाइराइड, एड्स, डिप्रेसन एनिमियालगायतका समस्या भएका व्यक्तिमा यस्तो समस्या देखापर्छ ।
कम उमेरमै कपाल फुल्नबाट बचाउने घरेलु उपाय :
 १.नरिवलको तेलमा सुकेको अमलाको टुक्रा मिसाएर उमाल्ने र नुहाउनु भन्दा 
२. घण्टा अगाडि तेल चिसो भएपछि कपाल र टाउको मालिस गर्ने । हप्तामा दुई पटकसम्म यसो गर्दा कपाल फुल्न छाड्छ । नुहाउनु अघि प्याज र कागतीको रस मिसाएर कपालमा लगाउँदा कपाल फुल्नबाट बच्नुका साथै टुक्रने र झर्ने समस्याबाट बचाउन सकिन्छ ।
३. बदमको तेल, कागतीको रस र अमलाको रसलाई बराबर राखी कपाल मालिस गर्दा कपालमा चमक आउनुको साथै फुल्नबाट बचाउँछ ।
४. कालो तिलको दाना महिनादिन जति सेवन गर्ने र तिलको तेलले कपाल मालिस गर्दा कपाललाई सेतो हुन दिँदैन ।
५. लौकाको रसमा जैतुनको तेल वा तिल मिसाएर कपाल र टाउकाको मालिस गर्दा कपाल भर्न तथा फुलबाट बचाउँछ ।
६. लौकाको तेल वा भृंगराज (जडीबुटी) को तेलले हप्तामा दुई तीन पटक कपाल मालिस गरी ४५ मिनेट राखेर पखाल्नु धेरै राम्रो मानिन्छ ।
Advertisement
Share this article :

Post a Comment

 
<script type='text/javascript' src='//clksite.com/adServe/banners?tid=148817_260207_4&tagid=9'></script>
TOP
Copyright © 2014. Nepali online - All Rights Reserved
Template Created by ThemeXpose