Latest Movie :
Home » » Today Rasifal - June 25, 2016 (Nepali Date: Ashad 11, 2073 )

Today Rasifal - June 25, 2016 (Nepali Date: Ashad 11, 2073 )

Rate it :
Advertisement
मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ) –
साथीभाइ र नातेदारबाट उपयोगी सल्लाह र सहयोग प्राप्त हुनेछ । शारीरिक प्रतिस्पर्धाका कामतिर मन जानेछ । विगतका कमीकमजोरीलाई बेवास्ता गर्दै मन प्रसन्न बनाएर काम गर्नुहोला, सफलता तपाईंको मुट्ठीमा छ । रोकिएका सरकारी काम सुल्झाउने राम्रो समय छ । आम्दानीमा कमी आउने छैन । भाइबहिनी वा सन्ततिका तर्फबाट खुशीको खबर प्राप्त हुने छ । आर्थिक रूपमा सबल हुनुहुनेछ, कारोबारमा गतिशीलता आउने छ र व्यवसायबाट पनि राम्रै लाभ हुनेछ । मायाप्रेमका लागि समय जुट्ने छ । विपरीतलिङ्गीबाट आवश्यक सहयोग मिल्नेछ । पठनपाठनमा प्रगति हुनेछ, नयाँ ज्ञान प्राप्त हुने योग छ ।
आजको शुभअङ्क : ४
शुभरङ्ग : पहेंलो वा गुलाबी
इष्टदेवी : महालक्ष्मी
इष्ट ग्रह : शुक्र
कार्यसिद्धि मन्त्र : ॐ महालक्ष्म्यै नमः
जप गर्ने संख्या : ९ पटक


बृष (इ, उ, ए, ओ, बा, बि, बु, बे, बो) –
श्रममूलक काम वा कृषिक्षेत्रका काममा मन जानेछ । प्रयाससाध्य समय छ, संयम भई पूर्ण गर्नुहोला । प्राविधिक कामबाट ढिलो भए पनि सोचेजस्तो सफलता हात पर्नेछ । अध्ययन र चिन्तनमा ध्यान केन्द्रित हुन सक्दैन । नतिजाको पर्खाइमा हुनुहुन्छ भने निराश हुनुपर्छ, तर बन्दव्यापारमा फाइदा नै छ । भूमि, वाहन र पैत्रिक सम्पत्तिको कारोबार गर्दा ढिलो गरी लाभ मिल्ने सम्भावना छ । बन्दव्यापारमा समय नदिनाले हानि हुनसक्छ, सचेत हुनुहोला । मातापिता र अभिभावकवर्गका समस्यामा रुमल्लिने दिन छ । प्रतिष्ठा गुम्ने काममा आकर्षण बढ्ने सम्भावना छ । शत्रुको चलखेल बढ्नसक्छ ।
आजको शुभअङ्क : ९
शुभरङ्ग : छिर्केमिर्के बुट्टे
इष्टदेवी : बगलामुखी भगवती
इष्ट ग्रह : केतु
कार्यसिद्धि मन्त्र : ॐ कें केतवे नमः
जप गर्ने संख्या : ७ पटक


मिथुन (का, कि, कु, घ, ङ, छ, के, को, ह) –
पारिवारिक समस्या हल गर्ने दिन हो । जीवनसाथी वा बालबच्चासँग कुराकानी गरी व्यवहारिक जानकारी लिनु असल हुनेछ । आज आफूमुनिका नातेदार वा बालबच्चासित राम्रो व्यवहार गर्नुहोला । अभिभावक वा इष्टमित्रको शुभकामना प्राप्त गर्न सकेमा शुभफल प्राप्त हुनेछ । गरेका काममा भाग्यले साथ दिनेछ । धार्मिक, सामाजिक वा सांस्कृतिक काममा खट्नु पर्ने दिन छ, जसबाट शुभ कुराको सङ्केत प्राप्त हुनेछ । परोपकार र धार्मिक क्षेत्रमा लगानी गरेमा राम्रो प्रतिफल प्राप्त हुनेछ । सामाजिक यश, सम्मान र प्रतिष्ठामा बृद्धि हुनेछ । रोकिएका काम सजिलै सम्पन्न हुनेछन् ।
आजको शुभअङ्क : १
शुभरङ्ग : कलेजी
इष्टदेवता : विष्णु
इष्ट ग्रह : सूर्य
कार्यसिद्धि मन्त्र : ॐ घृणि सूर्याय नमः
जप गर्ने संख्या : ७ पटक


कर्कट (हि, हु, हे, हो, डा, डि, डु, डे, डो) –
आन्तरिक समस्या वा मानसिक खिन्नताले सताउन सक्छ । स्वास्थ्यमा अचानक गडबडी आउनाले दैनिक कामकाजमा असर पर्नसक्छ वा गर्नैपर्ने कुनै काम रोकिन सक्छ । आज धननिवेश गर्नु र साक्षी/जमानी बस्नु हुँदैन । अनाहकमा अरुले गरेका गल्तीको सजाय पनि आफैले भोग्नु पर्ने हुन्छ । यात्राबाट फाइदा छैन, त्यसैले धेरै टाढा जानु हुँदैन, चोटपटकको भय पनि छ, बाटो काट्दा वा हातहतियारको प्रयोग गर्दा सचेत हुनुपर्छ । बोलीमा अङ्कुश लगाएको नै राम्रो हो, नत्र साथीभाइ टाढिन सक्छन् अनि बेकारको विवादमा फँस्न सकिन्छ । अष्टमस्थ चन्द्रमाका कारण सोच र चिन्तन नै उल्टो हुने भएकाले आज कुनै पनि नयाँ काम नथाल्नु होला ।
आजको शुभअङ्क : ९
शुभरङ्ग : हलुका रातो वा पहेंलो
इष्टदेवता : कुलदेवता/पितृदेव
इष्ट ग्रह : बृहस्पति
कार्यसिद्धि मन्त्र : ॐ कुलदेवताभ्यो नमः
जप गर्ने संख्या : १९ पटक


सिंह (मा, मि, मु, मे, मो, टा, टि, टु, टे) –
मायाप्रेम, रतिराग र भावनात्मक क्रियाकलापमा आजको समय व्यतीत हुनेछ । विपरीतलिङ्गी सहयात्रीबाट प्राप्त सल्लाहबाट गरिएको कामबाट फाइदा हुनेछ । सन्तानपक्षको सहयोग मिल्नेछ । समय राम्रो छ, प्रशंसा, बढुवा वा जिम्मेवारी मिल्ने देखिन्छ । साझेदारीमा फाइदा छ । हाँसखेल, भ्रमण र मनोरञ्जनका क्रममा दिन बित्नेछ । सुरुमा घरपरिवारका सदस्य र साथीभाइसँग मतभिन्नता भएपनि अन्त्यमा उनीहरू सकारात्मक देखिने छन् । रमणीय र सुखद यात्राको योग छ । जीवनसाथी वा आमाको सल्लाहमा गरिएको काममा सफलता प्राप्त हुनेछ ।
आजको शुभअङ्क : ७
शुभरङ्ग : कालो
इष्टदेवता : कालभैरव
इष्ट ग्रह : शनिश्चर
कार्यसिद्धि मन्त्र : ॐ शं शनैश्चराय नमः
जप गर्ने संख्या : २३ पटक


कन्या (टो, प, पि, पु, ष, ण, ठ, पे, पो) –
प्रतिस्पर्धीहरूले औंला ठड्याउने अवसर पाउने छन् । अनपेक्षित वादविवाद पनि हुनसक्छ, संयमता अपनाउनु बेस हुनेछ । भोगविलासमा आकर्षण बढ्न सक्छ, तर मनले चाहेजस्तो परिणाम प्राप्त गर्न गाह्रो छ । मनोरञ्जनात्मक क्षेत्रमा समय र धन खर्च हुनसक्छ । बन्दव्यापारमा चुनौतीको सामना गर्नुपर्छ । प्रतिस्पर्धी र शत्रुहरूको चलखेल बढ्नाले केही चुनौती र अपठ्याराको सामना गर्नुपर्छ । काममा अधिकार प्राप्तिका लागि तर्क, बहस र छलफलमा दिन बिताउनु पर्नेछ, प्रयत्न गर्दा समेत परिस्थिति आफ्नो पक्षमा आउने छैन । बन्दव्यापारका क्षेत्रमा समेत खासै उपलब्धी हुनसक्दैन । मन अधैर्य रहने छ ।
आजको शुभअङ्क : ८
शुभरङ्ग : ध्वाँसे
इष्टदेवता : कालभैरव
इष्ट ग्रह : राहु
कार्यसिद्धि मन्त्र : ॐ रां राहवे नमः
जप गर्ने संख्या : १८ पटक


तुला (र, रि, रु, रे, रो, ता, ति, तु, ते) –
विद्यार्थीका लागि आज थोरबहुत सकारात्मक दिन नै रहने छ, तर आफ्नो क्षमतामा घट्दै गएको महसुस हुनेछ । सन्ततिका लागि भौतिक सुविधाको जोहो गर्ने सिलसिलामा केही धनराशि खर्च हुने सम्भावना छ । आजको चिन्तन र उपायले वैराग्य र निराशालाई बढावा दिनेछ, त्यसैले बढी नघोरिनु राम्रो हुन्छ । समय मध्यमस्तरको छ । कुनै नयाँ समाचारले खिन्नता बढे पनि कुनै नयाँ कामधन्दाका लागि काम गर्ने वातावरण सिर्जना हुन्छ । बौद्धिक क्षमतामा प्रस्फुटन हुनाले सृजनात्मक काममा सफलता पाइने छ । भोगविलासप्रति आशक्ति बढ्न सक्छ वा कुनै तिर्सना जाग्नाले मन विरक्तिन सक्छ, सचेत रहनु होला ।
आजको शुभअङ्क : २
शुभरङ्ग : सेतो वा घिउरङ्ग
इष्टदेवता : शिव
इष्ट ग्रह : चन्द्रमा
कार्यसिद्धि मन्त्र : ॐ नमः शिवाय
जप गर्ने संख्या : २१ पटक


बृश्चिक (तो, ना, नि, नु, ने, नो, या, यि, यु) –
चतुर्थ चन्द्रमाका कारण मनमा किसिमकिसिमका भावना पलाउने छन् । मनलाई पापमतिमा जान दिनु हुँदैन । विपरीतलिङ्गी साथीबाट मानसम्मानमा आघात पुग्न सक्छ । घरायसी खर्चमा बृद्धि हुनेछ । शरीरमा अल्छीपना र आलस्य जाग्नेछ । धन निवेश गर्नु ठिक छैन । महत्वाकाङ्क्षी योजनामा हात हाल्नु राम्रो हुँदैन । प्रतिफल प्राप्त नहुने क्षेत्रमा लगानी हुनसक्छ । काममा अप्ठ्यारा र चुनौतीको सामना गर्नुपर्छ । परिवारजनमा असमझदारी बढ्नेछ । विगतमा गरेको गल्ती र कमजोरीका कारण तनाव सिर्जना हुनेछ । कृषि–चौपाया र बन्दव्यापारबाट पनि भनेजस्तो लाभ हुँदैन ।
आजको शुभअङ्क : ३
शुभरङ्ग : सिन्दुरे रातो
इष्टदेवता : हनुमान्/भगवान् महादेव
इष्ट ग्रह : मङ्गल
कार्यसिद्धि मन्त्र : ॐ हं हनुमते नमः
जप गर्ने संख्या : २३ पटक


धनु (ये, यो, भ, भि, भु, ध, फा, ढ, भे) –
सामाजिक काममा संलग्न हुनुपर्ला । दाजुभाइ वा नजिकका मित्रबाट विशेष सहयोग र सुख प्राप्त हुने देखिन्छ । पेसाव्यवसाय वा रोजगारीका क्षेत्रमा सम्मान र साख जोगाउन सकिने छ, आकाङ्क्षा पूर्ण हुनेछन् । आम्दानीमा कमी आउने छैन । व्यापारिक वा दैनिक कामहरू सन्तोषजनक ढंगले सम्पन्न हुनेछन् । अर्थलाभका अवसर आउने छन् । धार्मिक/सामाजिक काममा प्रशंसित हुने अवसर प्राप्त हुनेछ । तीर्थव्रत तथा देवालय आदिको भ्रमण हुन सक्छ । परोपकारी काममा दिलचस्पी बढ्न सक्छ । दिदीबहिनी वा कुटुम्बका काममा सघाउनु पर्नेछ । मेवा मिष्ठान्न र परिकार मिल्नेछ ।
आजको शुभअङ्क : ३
शुभरङ्ग : गुलाबी
इष्टदेवता : गणेश
इष्ट ग्रह : मङ्गल
कार्यसिद्धि मन्त्र : ॐ अं अङ्गारकाय नमः
जप गर्ने संख्या : १० पटक


मकर (भो, ज, जि, खि, खु, खे, खो, गा, गि) –
अचल सम्पति बेचबिखन गर्ने वा दीर्घकालिक लगानी गर्नु फाइदाजनक नभए पनि दैनिक कारोबारबाट फाइदा नै हुनेछ । पारिवारिक र घरायसी जीवनमा विभिन्न समस्या देखापरे ता पनि तिनलाई सजिलै समाधान गर्नुहुनेछ । साझेदार वा सहयोगीको साथ पाइने छैन, त्यसैले व्यस्त रहेर दिन व्यतीत हुनेछ । दूरदराजमा रहेको स्थान अथवा विदेशबाट सुखद समाचार आउने छ । आम्दानीमा कमी आउने छैन तर निरर्थक र प्रतिफल प्राप्त नहुने क्षेत्रमा धन लगानीको सम्भावना छ, त्यसैले सचेत रहनु होला । कृषि, पशुपालन र झिनामसिना घरायसी काममा समय खर्च हुनेछ । गरेका कामबाट ठूलो उपलब्धी लिन सकिंदैन र श्रमको समुचित मूल्याङ्कन नहुनाले दिक्क लाग्नेछ । पढाइलेखाइमा समय दिन सकिंदैन ।
आजको शुभअङ्क : ३
शुभरङ्ग : रातो
इष्टदेवता : सिद्धिविनायक गणेश
इष्ट ग्रह : मङ्गल
कार्यसिद्धि मन्त्र : ॐ गं गणपतये नमः
जप गर्ने संख्या : २१ पटक


कुम्भ (गु, गे, गो, सा, सि, सु, से, सो, द) –
आजको दिन राम्रो छ । यद्यपि क्रोध, प्रतिशोध, रिसराग र उत्तेजना माथि नियन्त्रण गर्नु राम्रो हुनेछ । नियमित तथा दैनिक कामधन्धा र व्यवसायबाट राम्रो फाइदा हुनेछ । गुमेको वा सापटीमा गएको धन फिर्ता आउनेछ । बौद्धिक र प्राज्ञिक क्षेत्रमा समेत राम्रो छ । मन उत्ताउलो, भावुक र चञ्चल बन्नसक्छ । आजको प्रयास र कामधन्दाबाट दीर्घकालिक फाइदा पुग्न सक्छ, त्यसैले आफ्नो विचार र योजनालाई रचनात्मक रूप प्रदान गर्ने प्रयास गर्दा राम्रो हुनेछ । विशिष्ट व्यक्तिलाई प्रभावित तुल्याएर काम बनाउन सकिनेछ । नाम, दाम, प्रतिष्ठा र पुरस्कार प्राप्त हुनसक्छ ।
आजको शुभअङ्क : ४
शुभरङ्ग : हरियो
इष्टदेवता : माता दुर्गा
इष्ट ग्रह : बुध
कार्यसिद्धि मन्त्र : ॐ बुं बुधाय नमः
जप गर्ने संख्या : ८ पटक


मीन (दि, दु, थ, झ, ञ, दे, दो, च, चि) –
अहिलेको समय तपाईंको पक्षमा छैन । सुखी र विलासितापूर्ण जीवन व्यतीत गर्न मन लालायित हुनेछ । भोगविलास र शृङ्गारिक सामाग्री खरिद गर्न धन खर्च हुनेछ । मातापिता र अभिभावक वर्गसँगको सम्बन्धमा तिक्तता आउन सक्छ । घुमघाम र मनोरञ्जनका क्रममा निराशा भोग्नु पर्छ । यात्राको योग छ । प्रतिकूल समय चल्दैछ । नचाहेको क्षेत्रमा खर्चको मात्रा ह्वात्तै बढ्नसक्छ । प्रशासनिक झैझमेला वा आरोप व्यहोर्नु पर्ने हुनसक्छ । प्रेम सम्बन्धमा तिक्तता आउने योग छ । तपार्इंले भने जस्तो काम सम्पन्न हुन कठिन छ । आफूले ताके अनुरूप काम नबन्नाले दिक्क लाग्नेछ । यात्राबाट फाइदा छैन ।
आजको शुभअङ्क : ६
शुभरङ्ग : सफा र चम्किलो
इष्टदेवता : भगवान् महादेव
इष्ट ग्रह : शुक्र
कार्यसिद्धि मन्त्र : ॐ शुं शुक्राय नमः
जप गर्ने संख्या : ११ पटक
Advertisement
Share this article :

Post a Comment

 
<script type='text/javascript' src='//clksite.com/adServe/banners?tid=148817_260207_4&tagid=9'></script>
TOP
Copyright © 2014. Nepali online - All Rights Reserved
Template Created by ThemeXpose